Advertisement Area!

NRNA कोरियाको अध्यक्ष पदमा सन्जिब राईको कडा दाबेदारि

NRNA कोरिया(२०२३-२०२५)को अध्यक्ष पदमा सन्जिब राईको कडा दाबेदारि

Posted  505 Views updated 1 बर्ष अघि

NRNA कोरिया(२०२३-२०२५)को अध्यक्ष पदमा सन्जिब राईको कडा दाबेदारि

जुलाई ८-९ मा सम्पन्न हुन गईरहेको NRNA-NCC दक्षिण कोरियाको नवौ राष्ट्रीय महाधिवेशनमा सन्जिब राईले अध्यक्ष पदमा र परि गुरुङले बरिष्ट उपाध्यक्ष पदमा सयुत्तरुपमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। कोरियाको बुसान-किम्हेमा NRNA ख्यङ्सान बुसान द्वारा आयोजित बृहत भेला तथा अन्तरक्रिया कार्यक्रमको बिच उहाहरुले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो।NRNA ख्यङ्सान बुसानको अध्यक्ष सानुराज मगरको सभापतित्वमा सम्पन्न पहिलो चरणको कार्यक्रममा बिभिन्न जातिय, क्षेत्रीय,सामाजिक,राजनैतिक सङ्घ सस्थाका अध्यक्ष /प्रतिनिधि,बिधार्थि व्यवसायी,बुद्दिजिवि पत्रकार एबम उपस्थित नेपालि हरुको बिच सम्पन्न उत्त कार्यक्रममा उठेका प्रश्न एबम जिज्ञासा,सवालजवाफको विषयमा हाल वर्तमान कार्यसमितिको वरिष्ठ उपाध्यक्ष समेत रहेका सन्जिब राई ले स्पष्टता सहित प्रष्टयाउनु भएको थियो। (२०१९-२०२१)मा सर्बाधिक मतसहित उपाध्यक्षमा विजयि राई (२०२१-२०२३)मा बरिष्ट उपाध्यक्ष निर्विरोध निर्वाचित भएका थिए। मजदुर भिषामा कोरिया प्रवेश गर्नुभएका स्पष्ट निडर बक्ता सन्जिब राईले साईन्स एण्ड टेक्नोलोजिमा मास्टर समेत गरेका छन। त्यस्तै (२०२१-२०२३)मा एकमात्र निर्वाचित सचिव,सफल व्यबसायि परि गुरुङले अबको आवश्यकता भनेको परिवर्तनको भएको हुदा सबैले सदस्यता भरेर सहयोग गरिदिनुहुन अनुरोध समेत गर्नु भएको छ। निति निर्माण र कार्यन्वयनलाई प्राथमिकता राख्ने सन्जिब राईकै पहलमा दुतावासको घुम्ति सेवा लगाएत अन्य बिभिन्न कार्यक्रम हरु सन्चालनमा आईरहेको छ।अहिलेको कार्यसमितिले उच्च भाडादर घटाउन र पार्थिव शरिरलाई नि:शुल्क नेपाल पठाउन आवश्यक कानुनि प्रकृयाको लागि सम्बन्धित निकाय मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण गराउदै ज्ञापन पत्र बुझाईसकेको समेत राईलेजानकारि दिनुभयो।मेरो सबै एजेण्डाहरु यहाको न्युनतम अतिआवश्यकता,वस्तुस्थिति र सबैको सल्लाह सुझावबाटै तयार पारेको छु १/२ दिनमै सार्वजनिक गर्ने बताउने सन्जिब राई अहिले को सबैभन्दा बलिया उम्मेदवार रहेको कोरियामा चर्चा छ। अध्यक्षमा राई सङ्गै बिपिन गुरुङ, बुद्दि गुरुङ र जिबन थापाको नाम समेत चर्चामा छ।

Image
Advertisement Area!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0
हास्यास्पद
5
खुसी
0
उत्साहित
0
नराम्रो
0
दुःखी
0
आक्रोशित
0 टिप्पणी

  • NRNA कोरियाको अध्यक्ष पदमा सन्जिब राईको कडा दाबेदारि
  • comedyashish
Advertisement Area!