Advertisement Area!

हिन्दुबादिलाई प्रसासनले धरान छिर्न नदिए पछि आक्रोशित भए ज्ञानेन्द्र शाही

गोरु काट्ने अपराधीलाई कारवाही नगरेको र हिन्दुबादिलाई प्रसासनले धरान छिर्न नदिए पछि आक्रोशित भए ज्ञानेन्द्र शाही

Posted  52 Views updated 9 महिना अघि

पुर्बी धरानमा गोरु काट्ने पहिचान बादीहरुको कारवाहीको माग राख्दै धरान प्रवेश गर्न खोजेको हिन्दुबादिलाई जिल्ला प्रसासनले छिर्न नदिए पछि राप्रपाका साम्सद ज्ञानेन्द्र शाही आक्रोशित बनेका छन्।  पुर्बी धरानमा रास्ट्रीय सत्भाब खल्बलिने गरि गोरु काट्ने लाई कारवाही नगरेको भन्दै रास्ट्रिय प्रजातन्त्र पार्टिका साम्सद ज्ञानेन्द्र शाहीले गृह मन्त्रि प्रति आक्रोश पोख्नु भएको छ।  

धरान  बन्द गर्ने प्रसासनले हिजो गोरु काट्दा र भोज गर्दा के हेरेर बसेको थियो उनले संचार माध्यम संग कुरा गर्दै भनेका छन्।  गोरु काटेर खाने अपराधीहरुलाई तुरुन्त कारवाही नगरे आज धरानमा निस्किएको आन्दोलन त ट्रेलर मात्र हो यो भन्दा ठुलो आन्दोलन देशै भरि हुन्छ उनले भनेका छन्। नेपालको सम्मानित कानुनले भनेको समेत नमान्ने २-४ जना डलरेहरुले पैसा दिए भन्दैमा गृह मन्त्रि चुप लागेर बस्ने आक्रोशित हुदै उनले भनेका छन्। गाई खान हुन्न भन्ने धार्मिक कारण के हो ? बैज्ञानिक महत्व के हो ? छाड्दिनुस त्यो हाम्रो आस्था हो तेसलाई कसैले आघात पुग्ने काम गर्छ भने अब चुप लागेर बस्दैनौ ।  केहि पुजारीको सन्तानहरु प्राम्हण जातिकै मानिसहरु पनि गोरु त् खान पर्छ भन्दै हिडेका छन् आज गाइ खान्छौ खान पाउन पर्छ भन्ने हरुले भोलि छोरी बेटी संग पनि बिहे गर्न पाउन पर्छ भन्दै हिड्न के बेर उनले थपेका छन् ।  भोलि कोहि कसैले बाटोमा १० जना मान्छेलाई काटेर मार्देलान अनि म संग १०००० जना मान्छे छन् भन्देला अब के तेस्तालाई कानुनले छाडिने।  गृह मन्त्रि ज्यु तेस्ता अपराधीहरुलाई पक्रियोस, मुद्दा चलाईयोस र कानुनि कारवाही गरियोस गृहमन्त्रीलाई संचार माधम द्वारानै उनले आग्रह गरेका छन्।  करिब ९७ % जनताले मानेको आस्थालाई घात पुर्याउन्रे हरुलाई तेसै छाड्नु हुन्न उनले भनेका छन्।  नेपालको प्रचलित कानुले पशुपन्छी सम्बन्धि कसुरको परिच्छेद २७ ले कुनै पनि मानिसले नेपालको परिधि र सिमाना भित्र गाई अथवा गोरु मारे भने ३ बर्ष सम्म कैद हुने छ भन्ने कानुन स्पस्ट छ।  तेसैले यसै कानुनलाई टेकेर ति अपराधीहरुलाई तुरुत कारवाही गरियोस गृह मन्त्रीलाई हामि आग्रह गर्दछौ उनले भनेका छन्। यदि पक्राउ गर्न सक्नु भएन कानुनि दायरामा ल्याउन सक्नु भएन भने आज धरानमा ओर्लिएको भिड त एउटा ट्रेल्लर मात्र हो यस्तो आन्दोलन अब देशै भरि बाट हुन्छ चुनौतिको भाषामा उनले भनेका छन्। 

Image
Advertisement Area!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0
हास्यास्पद
0
खुसी
0
उत्साहित
0
नराम्रो
0
दुःखी
0
आक्रोशित
0 टिप्पणी

  • हिन्दुबादिलाई प्रसासनले धरान छिर्न नदिए पछि आक्रोशित भए ज्ञानेन्द्र शाही
  • Sumon
Advertisement Area!