Advertisement Area!

सुनपा १ मा बिजुलिको पोल अस्तव्यस्त, काठको टेकोको भरमा तार

सुर्योदय नगरपालिका वडा न. १ गोर्खे वाङ्गिन साविक गोर्खे ४, ५ र धाप मकरजुङ क्षेत्रका करिब १५० पोलहरु अझैपनि काठको टेकोको भरमा छन् ।

Posted  420 Views updated 1 बर्ष अघि

सुर्योदय नगरपालिका वडा न. १ गोर्खे वाङ्गिन साविक गोर्खे ४, ५ र धाप मकरजुङ क्षेत्रका करिब १५० पोलहरु अझैपनि काठको टेकोको भरमा छन् ।

नेपालमा अब थोरै प्रतिशत मात्रै विधुत पुग्यो भने सतप्रतिशत उज्यालो हुने प्राधिकरणका पधाधिकारिहरु बताउँछन । तर पहिले नै विजुलि विस्तार भईसकेको इलाम जिल्ला सुर्योदय नगरपालिका वडा न. १ गोर्खे वाङ्गिन साविक गोर्खे ४, ५ र धाप मकरजुङ क्षेत्रका करिब १५० पोलहरु अझैपनि काठको टेकोको भरमा छन् । वर्षायाम सुरुहुनै लाग्दा हावाहुरीले कतिपय पोलहरु छिन्नभिन्न बनाएका छन भने कतिपय तिन तिर बाट टेको लगाएर अडयाईएको छ । यसरि विजुली जस्तो जोखिमपूर्ण चिजलाई असरल्ल छाडनाले जनधनको क्षति हुन सक्ने स्थानिय बताउँछन । 

अपुग सामाग्रिका बिच गाउँलेहरु मिलेर गाउँगाउँ विजुलि लगेका छन तर प्राधिकरणले नाम मात्रैको विस्तार गर्ने अनि आवश्यक सामाग्रि उपलब्ध नगराउने हुनाले समस्या परेको स्थानिय विनोद कार्किले जानकारि दिनुभयो । स्थानिय सरकार वडा र नगरपालिकामा कुरा राख्दा यो काम प्राधिकरणका्े हो भन्ने साथै प्राधिकरणले पनि आश्वासन मात्रै दिएर वषौँ देखि टारिरहेका छन । 

कतिपय स्थानमा भुइँमा र रुख विरुवामा तारले छुने गरेकोले जोखिम कम गर्न गाउँलेहरुले पाइपको प्रयोग गरेको पाइन्छ तर सरकारि तवरबाट यस्तो समस्याको न्युनिकरण नभए गाउँलेहरुले यस्तो सास्ति भोगिरहनु पर्ने देखिन्छ । स्थानिय सरकारको कार्य क्षेत्र नभएपनि समन्वयकारि भुमिका निर्वाह गरि प्राधिकरणलाई ध्यानार्कशण गराउन सक्नु पर्दछ भने प्राधिकरणले पनि नागरिकको समस्यालाई समाधान गर्नु पर्दछ । 

Advertisement Area!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0
हास्यास्पद
0
खुसी
0
उत्साहित
0
नराम्रो
0
दुःखी
0
आक्रोशित
0 टिप्पणी

  • सुनपा १ मा बिजुलिको पोल अस्तव्यस्त, काठको टेकोको भरमा तार
  • comedyashish
Advertisement Area!