Advertisement Area!

न्यू भिजन ग्रुपले छुसकमा सांगितिक कार्यक्रम आयोजना गर्ने

न्यू भिजन सांगितिक सौगात भाग २ आयोजना गर्ने भएको छ

Posted  390 Views updated 12 महिना अघि

न्यू भिजन सांगितिक सौगात भाग २ आयोजना गर्ने भएको छ

न्यू भिजन ग्रुप दक्षिण कोरियाले यहि आगामी छुसकको दोस्रो दिन यानिकी सेक्टेम्बर 29 मा कोरियाको किम्हेमा `विविध कारणले कोरियामा उपचाररत आर्थिक अभावका नेपालीहरुलाई सहयोगार्थ´ भन्ने मूल उद्देश्यका साथ न्यू भिजन सांगितिक सौगात भाग २ आयोजना गर्ने भएको छ । गत आईतबार संस्थाको अध्यक्ष जीवन शर्माको अध्यक्षतामा बसेको पुर्ण औपचारिक बैठकले भव्य कार्यक्रमको आयोजना गर्ने पक्का निर्णय लिएको छ । कार्यक्रममा चर्चित गायक प्रकाश सपूत र चर्चित गायिका रचना रिमाल आउने टुंगो लागेको छ भने बाँकी कलाकार समेत चाँडै टुंगो लगाउने संस्थाका अध्यक्ष शर्माले बताउनुभयो ।

फरक र नयाँ उद्देश्यले 2017 मा कोरियामा स्थापना भएको संस्थाले यस अघि 2018 मा भाग १ भव्यताका साथ सम्पन्न गरेको थियो । विविध कारण कोरियामा उपचार अभावमा धेरै नेपालीहरु छटपटाईरहेका हुन्छन त्यही समस्यामा थोरै भए पनि सहयोग गर्न महत्वपुर्ण श्रोत जुटाउनका लागि यस कार्यक्रम आयोजना गर्न लागिएको महासचिव आशिष शाह ठकुरिले प्रष्ट पार्नुभयो।

कार्यक्रम भव्यताका साथ सफल पार्न संस्थाका वरिष्ठ उपाध्यक्ष तगेन्द्र राईको संयोजकत्वमा १३ सदस्य प्रमुख आयोजक कमिटी समेत गठन गरिएको छ । कोरियाको ख्यङ्साङ क्षेत्रमा कार्यरत नेपालीहरुलाई मुख्यत मनोरन्जन र भाईचारा समेत यस कार्यक्रमले प्रदान गर्ने अपेक्षा गरिएको छ ।

Advertisement Area!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0
हास्यास्पद
4
खुसी
0
उत्साहित
0
नराम्रो
0
दुःखी
0
आक्रोशित
0 टिप्पणी

  • न्यू भिजन ग्रुपले छुसकमा सांगितिक कार्यक्रम आयोजना गर्ने
  • comedyashish
Advertisement Area!