Advertisement Area!

धरानको इलाका प्रसासन कार्यालय प्रमुख र ख्रिस्टियन महासंघका पदाधिकारी बीच भेटबार्ता ।

news

Posted  284 Views updated 1 बर्ष अघि
Image

अनुपा श्रेष्ठ, काठमाण्डौ 

रास्ट्रीय ख्रीस्टियन महासङ्गका पदाधिकारी र इसाई क्षत्रमा कार्यरत संचारकर्मिहरुले सुनसरी जिल्लाको स्थानीय प्रशासन कार्यालय प्रमुख संग भेट बार्ता गरेको छ। महासंघका प्रतिनिधिहरुले कार्यालय प्रमुख अनोज घिमिरेलाई भेट घाट गरि  धरान मा पछिल्लो समय देखिएको मन्दिरको अघि बनेको चर्च बिवाद र धार्मिक द्वन्द भड्किने गरि धरानमा गरिएको गोरु काटी लगाइएको भोजको बारेमा जानकारी लिएको छ !


 भेटघाटका लागि महासंघका अध्यक्ष उद्धब प्रसाद चिमोरियाको नेतृत्वमा महासचिब ज्ञानेन्द्र राज सापकोटा साथै सचिवहरु टुक नारायण श्रेष्ठ, बिनु कार्की साथै महासंघका कोशी प्रदेश प्रमुख एनोस गजमेर लगाएतका प्रतिनिधिहरु सहभागी भएका थिए। भेटघाटमा ख्रिस्टियन क्षत्रमै रहेर संचारकर्म गरिरहेका संचारकर्मीहरु रामहरी थापा र सुमन श्रेष्ठ समेत उपस्थित भएका थिए। भेटघाटमा महासंघका अध्यक्ष र महासचिवले पछिल्लो समय धरानमा देखिएको विवादले द्वन्दको रुप लिन सक्ने भन्दै दुख समेत पोख्नुभएको थियो । साथै छिट्टै धरान मा बिवाद को निवारण को लागि दोषी जोसुकै भए पनि आवश्यक कारबाही गरि सम्पुर्ण धार्मिक समुदायलाई आफ्नो आस्थाको अभ्यास गर्ने र स्वतन्त्र पुर्बक बाच्ने बाताबरण तयार गरिदिन समेत आग्रह गरेको थियो ! 


भेटबार्तामा स्थानीय प्रसासन कार्यालय प्रमुख अनोज घिमिरेले समेत धरान र त्यहा बसोबास गर्ने सम्पूर्ण धार्मिक समुदाय र जाति समुदाय माथि आफु जिम्मेवार रहेको र धरानमा कुनै पनि समुदायमा द्वन्द हुने अवस्था आउन नदिने प्रतिबद्दता समेत ब्यक्त गर्नुभएको महासंघका प्रबक्ता तथा महासचिब ज्ञानेन्द्र सापकोटाले एचओसी खबरलाई बताउनु भयो। 

Advertisement Area!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0
हास्यास्पद
3
खुसी
0
उत्साहित
0
नराम्रो
0
दुःखी
0
आक्रोशित
0 टिप्पणी

  • धरानको इलाका प्रसासन कार्यालय प्रमुख र ख्रिस्टियन महासंघका पदाधिकारी बीच भेटबार्ता ।
  • Sumon
Advertisement Area!