Advertisement Area!

जाजरकोट केन्द्रबिन्दु भएर राति गएको भूकम्पमा परि उपमेयर सहित १०० बडिको ज्यान गयो

राति गएको भूकम्पमा परि उपमेयर सहित १०० बडिको ज्यान गयो

Posted  196 Views updated 1 बर्ष अघि

१८ कार्तिक काठमान्डौ 

जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी १०० भन्दा बढीको ज्यान गएको जानकारी प्राप्त भएको छ भने रुकुम पश्चिममा मात्रै ३६ भन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ । रुकुम पश्चिमका डिएसपी नमराज भट्टराईले उक्त जानकारी दिएका हुन् । उनले  भने, ‘आज बिहान ५ बजेसम्मको विवरण अनुसार ३६ प्लसको मृत्यु भएको छ भने ५३ जना अस्पतालमा भर्ना हुनु भएको छ ।’


उनका अनुसार रुकुम पश्चिमका आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् । भूकम्पले घर र गोठहरु भत्किएका छन् भने सडकहरु पनि अवरुद्ध भएका छन् । डिएसपी भट्टराईका अनुसार मध्यपहाडी लोकमार्गमा सुक्खा पहिरो खसेर बाटो अवरुद्ध र त्यसलाई पन्छाउने काम जारी छ । पालिकाभित्रका अन्य सहायक सडकहरुमा पनि सुक्खा पहिरो गएको छ ।


चौरजहारी नगरपालिकाकी उपप्रमुख ईश्वरी शर्माका अनुसार चौरजहारीस्थित मिसन अस्पताल र खोलागाउँस्थित शहीद स्मृति अस्पतालमा गरी करिब दुई दर्जन घाइतेहरु उपचाररत छन् । धेरै घाइतेहरु मिसन अस्पतालमा छन् । गम्भीर घाइतेहरुलाई थप उपचारका लागि एम्बुलेन्स मार्फत सुर्खेत, नेपालगन्ज लगायतका स्थानमा रिफर गरिएको छ । भूकम्प प्रभावित क्षेत्रबाट घाइतेहरुलाई अस्पतालमा ल्याउने र उपचार गराउने काममा नगरप्रहरी, स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रतिनिधिहरु खटिएका छन् । चौरजहारी नगरपालिका–७ खत्रीगाउँमा भूकम्पले घर भत्किँदा घाइते भएका ८ जनालाई चौरजहारी नगर प्रहरीले उद्धार गरी एम्बुलेन्समार्फत् चौरजहारी अस्पतालमा ल्याएको छ ।

भूकम्पबाट बालबालिका, बुढाबुढीहरु बढी प्रभावित भएका छन् । गोठ भत्किएर पशु चौपाया पुरिएर मरेका छन् । त्यसको विवरण संकलन गर्न बाँकी छ ।
सडक अवरुद्ध हुँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितको उद्धारमा कठिनाइ भएको छ । केही ठाउँमा सुख्दा पहिरो गएको र केही ठाउँमा पुल भासिंएकोले घाइतेको उद्धारमा कठिनाइ भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकाल बताए । उनका अनुसार जाजरकोट-डोल्पा सडकअन्तर्गत रिम्नाको पुल भासिंएको छ । पुल भासिएर सडक अवरुद्ध हुँदा नलगाड र आठविसकोटका बिरामी ल्याउन समस्या भएको छ । रिम्नाकै बाटो भएर भूकम्प प्रभावित क्षेत्रका बिरामिलाई ल्याउनु पर्ने भए पनि पुल भासिंएकोले उद्धारमा कठिनाइ भएको हो ।
रुकुमपश्चिममा पनि केही ठाउँमा सुख्दा पहिरो जाँदा सडक अवरुद्ध भएको स्थानीय तहले जनाएका छन् । सडक खोलेर उद्धारको काम भइरहेको छ । शुक्रबार राति गएको भूकम्पले हालसम्मको विवरण अनुसार जाजरकोटको नलगाठ र रुकुम पश्चिमको आठविसकोटमा धेरै क्षति भएको छ । नलगाडकी उपमेयर सरिता सिंहको पनि मृत्यु भएको छ ।
भूकम्पको केन्द्रविन्दु पर्ने बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले आज बिहान ६ बजेसम्म बारेकोट गाउँपालिकामा मानवीय क्षति भएको विवरण प्राप्त नभएको बताए । केही ठाउँमा सञ्चार सम्पर्क विच्छेद भएकाले सूचना संकलन गर्न नसकिएको उनले बताए । आफू विभिन्न वडाहरुमा पुग्दा घरहरुमा व्यापक क्षति पुगेको देखेको उनले जानकारी दिए । ‘म भूकम्प गएदेखि नै मोटरसाइकल लिएर वडा-वडामा पुगेर अवस्था बुझिरहेको छु । अहिलेसम्म वडानम्बर १, २, ३ र ९ मा भूकम्पले बढी क्षति पुगेको आफूले देखेको उनले बताए ।

Advertisement Area!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0
हास्यास्पद
0
खुसी
0
उत्साहित
0
नराम्रो
0
दुःखी
0
आक्रोशित
0 टिप्पणी

  • जाजरकोट केन्द्रबिन्दु भएर राति गएको भूकम्पमा परि उपमेयर सहित १०० बडिको ज्यान गयो
  • Sumon
Advertisement Area!