
ख्रिस्टियन महासंघको केन्द्रिय समितिको बैठक सम्पन्न / पुर्ब अध्यक्षले प्रसंसा योग्य काम गर्न नसकेको निस्कर्ष
२०८० - ०६ - ०१, काठमाण्डौ
रास्ट्रीय ख्रिस्टियन महासंघ नेपालको बिसेस केन्द्रिय कार्यसमितिको बैठक अध्यक्ष उद्दब प्रसाद चिमोरियाको अध्यक्षतामा केन्द्रिय कार्यालय अनामनगर,काठमाण्डौमा सम्पन्न भयको छ। उक्त बैठकमा सहअध्यक्ष डोमा राइ, महासचिब ज्ञानेन्द्र राज सापकोटा, सह अध्यक्ष मान बहादुर खत्री, हरि तामाङ्ग,तिमोथी राइ,पासाङ्ग तामाङ्ग ,लगायत अन्य पदाधिकारीहरु र इसाई क्षत्रका सम्मानित अगुवाहरुको समेत उपस्थिति रहेको थियो । उक्त बैठकमा उत्साहको रुपमा हरि तामाङ्गले बाइबल बाट बचन बाड्नु भयको थियो ।
आज बसेको उक्त बैठकमा पछिल्लो समय महासंघमा भैरहेको मुद्दा मामिला र त्यसको अबस्था र कानुनि पाटोको बारेमा अधिबक्ता मान बहादुर खत्रीले बताउनु भयो । साथै महासंघको बहुमत र विधानलाई अबहेलाना पुर्ब नेतृत्वले गर्दा महासंघ बिबादमा फसेको र २ भागमा बिभाजित भयको भन्दै दुख ब्यक्त गर्नुभयो । बहुमतको आधारमा अदालत गयपनी महासंघ सीबी गहतराजको नेतृत्वमा नजानेसमेत खत्रीले बताउनु भयो । साथै एपी मसिह पाटीका अध्यक्ष भरत गिरीले ख्रिस्टियन महासंघको बिगत र ''नया सबिधानमा ख्रिस्टियनहरुको सुझाब समिति'' को सुरुवातको कुराहरुलाई समेत प्रस्ट पार्नुभयको थियो। उपस्थित सबैमा गिरीले सीबी गहतराज कसरि महासंघको नेतृत्वमा आउनुभयो भन्ने समेत प्रस्ट पार्नुभयको थियो।
पछिल्लो समय महासंघमा भई रहेको घटनाले आफुलाई दुख लागेको र रास्ट्रीय ख्रिस्टियन महासंघले आफ्नो काम गर्न पर्ने समयमा समेत केहि पनि गर्न नसकेको भन्दै दुख ब्यक्त गर्नु भयो । उहाले धर्म गुरुहरुलाई सहाल्ने ख्रिस्टीयन महासंघ नै गुण्डाहरुको झुण्ड जस्तै भयको भन्दै आरोप समेत लगाउनुभयो। दुवै पक्ष मिलेर समाजमा एउटा उदाहरण बन्न र इसाई समुदायको थप बदनाम नगर्नको लागि समेत सल्लाह र सुभकामना दिनुभयो।
साथै इकानका महासचिब राजु बज्र्याचार्यले ख्रिस्टियन महासंघ पछिल्लो समय गन्तब्य बिहिन यात्रामा लागेको भन्दै दुख ब्यक्त गर्नु भयो। साथै पूर्व अध्यक्षले गुणगान र सम्झना गर्न योग्य कुनै कुनै पनि कार्य नगरेको गुनासो गर्नु भयो ।


0 टिप्पणी